चीनद्वारा बोइङ ७३७ म्याक्स ८ वटा विमान ग्राउन्डेड

फागुन २७, अदिसअबाबा । इथियोपियन एयरलाइन्सको बोइङ विमान आइतबार दुर्घटना भएर १५७ जनाको मृत्यु भएपछि सोही एयरलाइन्सले चलाउँदै आएका बोइङ ७३७ म्याक्स ८ वटा विमान ग्राउन्डेड गरेको छ ।

त्यसैगरी केम्यान एयरलाइन्सले पनि आफूसँग रहेका सो ब्रान्डका विमान सोमबार ग्राउन्डेड गरेको जनाएको छ । चीनले सोमबार नै सो ब्रान्डका विमान नचलाउन आफ्नो देशका एयरलाइन्स कम्पनीलाई निर्देशन दिइसकेको छ । बोइङको ७३७ म्याक्स विमान गएको अक्टोबर महिनामा इण्डोनेशियाका लायन एयरलाइन्सले चलाउँदा पनि उड्नासाथै दुर्घटना भएको र हिजो इथियोपियामा पनि त्यस्तै घटना भएकोले सो विमानमा नै खराबी रहेको आशंकामा धमाधम ग्राउन्डेड गर्न थालिएको हो ।
–बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.