नेपाल आउँदा निरुता सिंहलाई डेंगु संक्रमण, मुम्बईमा उपचार

फागुन २७, काठमाडौं । नायिका निरुता सिंहलाई डेंगु संक्रमण भएको छ। फिल्म ‘क्याप्टेन’ को प्रमोसनका क्रममा नेपालगञ्ज गएका बेला उनलाई डेंगु संक्रमण भएको हो। त्यो बेला लामो समयदेखि रुघाखोकीले सताएको थियो।

हाल उनी भारतको मुम्बईमा उपचार भइरहेको छ । मुम्बई पुगेर जाँच गराउँदा डेंगु भएको पत्ता लागेको हो। उनी फिल्म ‘दाल भात तरकारी’ सुटिङका लागि नेपाल आएकी थिइन्।

त्यस्तै क्याप्टेनको ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा निरुताले भुवन केसी र अनमोल केसीसँग अभिनय गरेकी छन् । निरुताले क्याप्टेन फिल्मको प्रचार प्रसारमा निकै दौडधुप गरेकी थिईन् । जसले गर्दा उनी विरामी परिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.