विद्युतको बिलिङबाट उद्योग बन्द हुन सक्ने चेतावनी

फागुन २७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले  नेपाल विद्युत प्रधिकरणबाट विद्युत संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारी गरिएको विलबाट उद्योग व्यवसाय संचालनमा ठूलो समस्या पर्न गएको भन्ने गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले जारी गरेको वक्तव्यमा भनिएको छ,‘‘उक्त विनियमावली अनुसार २० घण्टा वा सो भन्दा बढी समय ट्रङ्क प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविद्या लिनका लागि छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा सम्झौताविना विद्युत सेवा प्रवाहनै नगरी प्राधिकरणबाट एकै प्रकृतिको विद्युत सेवा लिनेहरूलाई फरकफरक दरमा महशुल असुल गरिंदा उद्योगी व्यवसायीको संविधानप्रदत्त हक समेत हनन् हुन जाने भएकाले अविलम्व थप विलिङ नगर्न÷नगराउन महासंघ अनुरोध गर्दछ । साथै वील जारी भैसकेको भए कार्यान्वयन नगराउन हुन समेत महासंघ माग गर्दछ ।’’

‘‘अतः माग बमोजिम नगरिएको खण्डमा दायित्व बहन गर्न नसक्ने बाध्यात्मक अवस्था उत्पन्न भई उद्योगहरु बन्द गर्न बाध्य हुने र परिणामस्वरूप मुलुकलाई ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने अवस्था उत्पन्न हुनेतर्फ पनि महासंघ नेपाल विद्युत प्राधिकरणरनेपाल सरकार समक्ष गम्भीर आग्रह गर्दछ ’’ वक्तव्यमा भनिएको छ ।

 

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.