चेल्सीको बराबरी खेलमा हाजार्डको गोल

फागुन २७, एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । आइतबार भएको खेलमा चेल्सीले वुल्भ्ससँग १–१ गोलको बराबरीमा खेलेको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा स्टार खेलाडी इडेन हाजार्डले इन्जुरी समयमा गोल गर्दै वुल्भ्सलाई बराबरीमा रोखे ।

निरन्तर खराब नतिजा भोग्दै आइरहेको चेल्सी निर्धारित ९० मिनेटसम्म १–० गोलले पछि परेको थियो । चेल्सीका लागि इन्जुरी समयमा हाजार्डले गोल गर्दै टिमलाई एक अंक दिलाए । उता वुल्भ्सका तर्फबाट राहुल बेमिजले ५६ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्तिम समयसम्म अग्रता जोगाउने वुल्भ्सको योजना भने हाजार्डले अधुरो बनाइदिएका थिए । आजको बराबरीसँगै लिगमा छैटौं स्थानमा भएको चेल्सीले २९ खेलबाट ५७ अंक जोडेको छ । वुल्भ्सले भने ३० खेलबाट ४४ अंक बनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.