फागुन २६, काठमाडौं । ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढाउने प्रस्ताव गृह मन्त्रालयले गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो ।
ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी निर्देशका २०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षकभन्दा तल्लो तहका ट्राफिक प्रहरीले २० देखि ३५ प्रतिशतसम्म भत्ता पाउने प्रस्तावमा उल्लेख छ ।

