आन्दोलनरत समूहलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

फागुन २५, सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आज वीरेन्द्रनगर आउनुभएका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गर्नुभएको हो ।

राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्न सबैलाई आग्रह गर्दै उहाँले हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गरिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यविरुद्ध लाग्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउछौँ ।”

वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिने बताउँदै उहाँले भन्नुभयो, “देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.