विद्या व्यायामको ३३ औं अभिभावक दिवस सम्पन्न (तस्बीर हेर्नुहोस)

प्रारम्भ खबर ।
फागुन २५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्थित गोकर्ण –९ मा रहेको विद्या व्यायाम स्कूलले ३३ औं अभिभावक दिवस मनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको उक्त अभिभावक दिवसमा विद्यालयको प्रिन्सिपल तथा प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विद्यालयको वार्षिक क्रियाकलाप तथा नयाँ शैक्षिक सत्रका योजनाहरु प्रस्तुत गरिएका थिए ।

उपसचिव एवम् गोकर्णेश्वर नगर शिक्षा शाखा प्रमुख नारायण काजी कासीछवाको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा विभिन्न शैक्षिक संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

गोकर्णेश्वर क्षेत्रकै पुरानो र शिक्षाप्रेमीहरुको कुशल व्यस्थापनमा स्थापित विद्या व्यायाम स्कूलले विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई बढाउँदै विभिन्न प्रतिस्पर्धात्मक तथा रचनात्मक प्रतियोगीताहरुमा समेत सहभागी गराउँदै आएको प्रिन्सिपल श्रेष्ठले बताए । अभिभावक दिवसले विद्यार्थी, अभिभावक र शिक्षकवीच भावनात्मक सम्बन्धलाई स्थापित गराउने र विद्यार्थीहरुको वार्षिक शैक्षिक तथा रचनात्मक क्रियाकलाप र क्षमताको मूल्यांकन गर्ने समयको रुपमा हेर्नुपर्ने अतिथिहरुको भनाई थियो ।

अभिभावक दिवसले आफ्नो बालबच्चाको प्रतिभालाई प्रत्यक्ष रुपमा हेर्न पाउने भएकाले सहभागी अभिभावकहरु पनि खुशीका सथा अनुभव बढुलेका थिए । आफ्नो बालबच्चाको क्षमता प्रस्तुतीका आधारमा थप हौसाला प्रदान गर्ने कुरामा समेत उनीहरु तयार रहेको कार्यक्रमका सहभागीहरुको अनुहारको तस्बीरले बताईरहेको थियो ।

 

सोही कार्यक्रममा त्यहाँ अध्ययनरत विभिन्न कक्षाका विद्यार्थीहरु नृत्य, खेल, रचनात्मक तथा सन्देशमुलक नाटक समेत प्रर्दशन गरेका थिए । उक्त नाटकबाट विद्यार्थीको मनोविज्ञानलाई प्रस्तुत गरेका थिए । जहाँ एक विद्यार्थीको इच्छविपरीत अभिभावक र शिक्षकले गरेको व्यवहारले विद्यार्थीको मनोभावनामा पुग्ने असरको बारेमा प्रस्तुत थियो भने विद्यार्थीको चाहनालाई पूरा गर्नु अभिभावकहरुको कर्तव्य रहेको उल्लेख गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.