प्रारम्भ खबर ।
फागुन २४, काठमाडौं । १०९औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१९ विश्वरभर विविध कार्यक्रम गरि मनाएको छ । त्यस्तै नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको आयोजनामा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गराएको छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ आज राजधानीमा विभिन्न संघसंस्थाले चेतनामूलक नारासहित प्रभातफेरी ¥याली निकालेका थिए ।

नारी दिवसलाई उत्पीडनमा परेका महिलाहरुलाई जागारणमा ल्याउने कमजोर महसुस नहोस भन्ने सोचका साथ सुरु भएको नारी दिवस उत्सवको रुपमा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको बाग्लो सहभागीता रहेको थियो ।

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो।

सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो।




