नेपालको नयाँ नक्सा सार्वजनिक, समेटियो कालापानी र लिपुलेक

फागुन २४, काठमाडौं । सरकाले नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा लोकार्पण गरिएको छ । बिहीबार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्नु भएकाे हाे ।

उक्त नक्सामा नामकरण गरिएका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम तोकिएकाे छ भने अन्य चार प्रदेशको नाम ताेकिएकाे छैन । प्रदेश १, प्रदेश २ प्रदेश ३ र प्रदेश ५ को नामकरण भएको छैन । त्यसैले नक्सामा यी चार प्रदेशको नाम राखिएको छैन ।

नक्सामा सात वटै प्रदेश, त्यसको सीमाना, ७७ वटा जिल्ला र त्यसको सीमाना, अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल पनि उल्लेख गरिएको छ।

अन्योलता हटाउनको लागि नयाँ नक्सा सार्वजनिक गरिएकाे मन्त्री अर्यालले बताउनु भयाे । उहाँले भन्नु भयाे, ‘अन्योलता हटाउनको लागि नयाँ नक्सा लिएका छौँ, यसले नक्शासम्वन्धी विवाद हटाउने छ’

सबै प्रदेशको नामाकरण समेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले स्पष्ट पर्नुभयाे ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताउनु भयाे ।

विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन । लिम्पियाधुरालगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको उनीहरुले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.