‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ लाई लिएर दाङ पुग्यो राप्रपा

फागुन २४, दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज बिहीबार दाङ आइपुगेको छ । पार्टी अध्यक्ष कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय स्वाभिमान यात्रालाई राप्रपा दाङका नेता कार्यकताले भालुवाङ, लमही लगायतका स्थानमा भब्य स्वागत गरेको राप्रपाका केन्द्रीय सदस्य तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । दाङमा फागुन २७ गते सभा गरिने गरी तयारी तीब्र पारिएको छ ।

मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गते ताप्लेजुङको सदरमुकामबाट सुरु भएको हो । बाँके, सुर्खेत लगायतका जिल्लामा समेत उक्त यात्रा पुग्ने छ ।
हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ ।

ताप्लेजुङबाट सुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ पुगेर समापन हुने जनाइएको छ । ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुृई हजार २६० किलोमीटर दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने उक्त पार्टीले जनाएको छ ।

विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तीमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दा बढी सभा हुने र सभालाई अध्यक्ष कमल थापा लगायतका शीर्ष नेताले सम्बोधन गर्नुहुदै यात्रा अगाडि बढेको उक्त पार्टीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.