फागुन २३, काठमाडौं । विराटनगरको सहिद रंगशालामा २८ गतेबाट सुरु हुने पाँचौं महिला साफ च्याम्पीयनसिपका लागि नेपाली महिला टोलीको घोषणा भएको छ।
प्रशिक्षक हरि खड्काले २० सदस्यीय टोलीको घोषणा गरेका हुन्। निरु थापाको कप्तानीमा टोली घोषणा हुँदा पुर्वकप्तान अनु लामा, बिमला चौधरी र सुनिता चौधरी टोलीबाट बाहिरिएका छन्। घोषित टोलीको गोलकिपरमा अन्जना रानामगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ छन्। डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोसी, कविता धिमाल, पुजा रानामगर, मनमाया लिम्बु छन्। मिडफिल्डमा अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी छन्। फर्वाडमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन्।
विगत तीन महिनादेखि प्रशिक्षणमा रहेका अनु, बिमला र सुनिता बाहिरिएका हुन्। करिअरको उतरार्धमा रहेकी अनु घुडाँको शल्यक्रियापछि टोलीमा फर्किएकी थिइन्। सर्वाधिक गोलकर्ता अनु साफबाट शन्यास लिने योजनामा थिइन्। तर टोलीमा नपरेपछि साफ च्याम्पीयनसिपबाट सन्यास लिने अनुको सपना अधुरो भएको छ।

