युवाहरुको सक्रियतामा पशुपति क्षेत्रमा सरसफाई

फागुन २२, काठमाडौं । परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, युवा नेतृत्व र सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्य सहित युवाहरुको सक्रियतामा पशुपति क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

 

मंगलबार मंगलवार अपराह्न पशुपति क्षेत्र विकास कोषको प्राविधिक सहयोग तथा साँस्कृतिक युवा समूहको संयोजनमा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा विद्यार्थी, कलाकार तथा पत्रकारहरुको सहभागीतामा शिवरात्रीको दिनमा गराएको फोहोर व्यवस्थापनका लागि सरसफाई अभियानलाई अगाडी बढाएका थिए । नृत्य युवाका लागि, युवा राष्ट्रका लागि भन्ने मूल नारासहित स्थापना भएको साँस्कृति युवा समूहले सामाजिक कार्यमा युवा सहभागीतालाई तिब्र रुपमा अगाडी बढाउँदै आएको अध्यक्ष बेचन लामाले बताए ।

पशुपति आर्यघाट स्वास्थ्य सेवा केन्द्रका प्रमुख व्यवस्थापक तथा वरिष्ठ समाजसेवी सुर्वर्ण वैद्यको प्रमुख आतिथ्यतामा भएको उक्त सरसफाई कार्यक्रममा सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष तथा प्रारम्भ खबरका सम्पादक भीम लामाले युवालाई सामाजिक रुपान्तरणमा अग्रसर गराउनुपर्ने बताए । सञ्चार केन्द्रका अध्यक्ष लामाले युवालाई अवसर र सामाजिक कार्यमा सहभागीता जनाउन सकेमा समाज चाँडै चेतनातर्फ उन्मुख हुने बताए ।

सरसफाईपछि यस्तो देखियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.