फागुन २१,काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकको अवकास दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एक पटक अवसर दिएका तीन हजार शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो ।
शिक्षा तथा मानव स्रोत केन्द्रले अवकाश पाउने शिक्षकको संख्यासहित बजेट माग गरेको थियो । तथ्याङ्कअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकाश पाउने भएका छन ।
प्राथमिक तहका २० हजार ४ सय ७५ शिक्षकले अवकाश पाउने भएका हुन ।केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङ्क संकलन गरेको छ ।

