फागुन २०, काठमाडौं । पछिल्लो समयमा काठमाडौ क्षेत्र न. ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष बिजय बनेका नेकपाका सांसद कृष्ण राईप्रती आफ्नै पार्टी कार्यकर्ताको विश्वासको दुरि घट्दै गएको छ ।
विभिन्न सामाजिक संजाल तथा अनलाइन न्युज पोर्टलहरुमा आलोचना खेप्दै आएका सांसद राई पार्टी कार्यकर्ताको बिश्वास गुमाउदै गएका जानकारी उनकै पार्टीका केही जिल्ला तथा क्षेत्र स्तरीय नेता कार्यकर्ताहरुले भन्दै आएका छन । जनताको मत पाएर निर्वाचित भएपछि जनता र विकासको कार्यभन्दा आफ्नै व्यवसायमा बढी तल्लीन हुँदै आएको आरोप पनि छ । हाल नेकपा निकटकै केही व्यक्ती समुहले लगानी गरेको ड्रीम हाउसको अध्यक्ष भएर व्यापार गर्न थालिए पनी उक्त कम्पनी सुचारु हुनुभन्दा अगाडि नै समिती भित्र विवाद उव्जिएको छ । सांंसद राईले आफू अध्यक्षको हैसियतले संचालक समितिको कुनै पनि सदस्यलाई जानकारी नदिए मनोमानी तरिकाबाट भवन निर्माण कार्यको जिम्मेवारी आफू निकटको व्यक्तिलाई ठेक्का दिएको भन्दै समितीभित्रकै केही सदस्यविच विवादको वातावरण उत्पन्न भएको एक स्रोतले बतायो ।
हरेक कुरामा गुटको आखाले हेर्ने भएकोले ड्रीम हाउसमा पनि उनी निकटकै गुटका ब्यक्तिहरुको बाहुल्यता छ। ड्रीम हाउसको संचालक समितिमा राईका निकटतम र व्यावसायिक भन्दा गैह्रव्यावसायिक ब्यक्तिको बाहुल्यता भएकोले उक्त ड्रीम हाउस डुब्न सक्ने संभावना प्रवल रहेको र सोही कारण नै आफू लगायत सल्लाह लिन आउने अन्य ब्यक्तिलाई समेत उक्त योजनामा लगानी नगर्न सम्झाएको कुरा फरक गुटका तर सफल एक नेताले नाम नबताउने शर्तमा बताए । दशकौं देखि निरन्तर कृयाशिल र इमानदार कार्यकर्ताहरुलाई बैचारिक रूपमा फरक गुटको भएकै कारणले किनारा लगाउने काम समेत गरेको बताएको छ ।
त्यस्तै कम्पनी सन्चालन गर्न कर्मचारी समेत नियुक्ति गराएको र सस्थाकै समिती तुल्सी पौडेललाई मासिक १ लाख तलब दिने गरि जिम्मेवारि दिन खोजिएको थाहा पाएपछि त्यस कम्पनीभित्रको असन्तुष्टि समुहद्वारा अस्विकार गरेको पनि गोप्य स्रोतले बताएको छ । उनले भने –‘सार्वजनिक पद धारणा गरेको व्यक्ती एउटा पब्लिक कम्पनिमा आउनु आफैमा ठूलो अहमता र स्वार्थ लुकेको छ ।’ त्यस्तै सासद राईले जोरपाटी क्षेत्रका केही होटेलहरुमा चुनावको बेला कार्यकर्ताहरुलाई खुवाएको उदारो ऋण अहिलेसम्म नतिरिएको पनि बताएको छ । सांसद राईलाई चुनावी खर्चको ऋण समेत बाँकी राख्नेले कहाँबाट लाखौं पर्ने गाडी चढेर हिड्यो भन्ने प्रश्न समेत कार्यकर्ताको मुखबाट आएको छ । राईको व्यवहारप्रती असन्तुष्ट व्यक्त गर्दै आएको नेकपाकै एक नेताले भने– ‘नगर्नु गरिहल्यो अब पेलेरै जानुपर्छ भन्ने मानसिकता बोकेको कारण त्यसको परिणाम निस्किदै गएको हो, सुधार नगरे अलिअलि भएको जनविश्वास पनि गुमाउनु पर्ने अवस्थामा पुग्छ ।’
त्यस्तै काठमाडौ क्षेत्र नम्बर ३ को विकास नहुनुको मुख्य कारण पनि सांसद राई नै हो भनेर खुल्लामा रुपमा स्थानीय तहको केही जनप्रतिनिधिहरुले अभिव्यक्ति दिदै आएका छन । क्षेत्रमा सडक विस्तार नहुनुको मुख्य कारक तत्व पनि सांसद राई र गोकर्णेश्वर नगरका मेयर भएको दावी गर्दै आएका छन् । चुनावी अभियानमा आफ्नो पक्षमा भोट तान्नका लागि सडक छेउ घर भएका घरधनीहरुलाई दिएको आश्वासन पूरा गर्न नसकिएपछी सडक विस्तार कार्यमा अवरोध आएको एक स्थानीयवासीले बताएको छ । थुप्रै आरोपका विचमा सांसद राईले आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक तथा सामुदायिक चासोको विषयमा समेत ध्यान नपुर्याएको जनगुणासो छ । विगत ११ वर्ष अगाडिदेखि निर्माण चरणमा रहेको राष्ट्रिय गरौवका योजना गोकर्ण स्थित जगडोलमा रहेको राष्ट्रिय सहिद तथा शान्ती स्मृति पार्कमा कुनै चासो नदिएको सहरी विकास मन्त्रालयका अधिकृत हरु बताउदै आएका छन । करिव ४७ करोडमा निर्माण सम्पन्न हुनुपर्ने ७ वटा प्याकेज लथालिङ्ग अवस्थामा छाडिएको छ । सो पार्क निर्माणको व्यस्थापन समितिले समयमै बनाउन नसक्दा सांसद राईले कुनै चासो नदेखाईएको स्थानीयहरुको आरोप छ । अहिले पार्कको समितिमाथी छानविन प्रक्रिया अगाडी बढाएको शहरी तथा भवन निर्माण विभागले जनाएको छ । विभाग भन्छन्– मागेको प्रतिवेदन पूरा नगराएसम्म थप बजेट समेत रोक्छौं ।
त्यस्तै सांसद राईकै क्षेत्रमा रहेको बौद्धनाथ विकास समिति र बौद्ध घ्याङ गुठिको विवाद मिलाउने बन्दै पार्टीभित्र छलफल नगरी २ वर्ष कार्यकाल रहेको समिती हटाएर नयाँ समिती ल्याउनुमा ठूलो भुमिका खेलेको भन्दै सासद राईप्रति आपत्ति जनाउदै आएको छ । तत्कालीन समितिका अध्यक्ष राजकुमार लामालाई हटाएर नयाँ समिती ल्याएको भन्दै केही नेकपा कार्यकर्ताले सामाजिक संजालमार्फत नै सांसद राईलाई भ्रष्टाचारको संज्ञ दिदै आएका छन ।

