बलात्कार घटनाका ३ जना दोषीलाई दश वर्ष जेल

फागुन १७, ललितपु र जिल्ला अदालत ललितपुरले गोदामचौर बलात्कारकाण्डका तीनै जना अभियुक्तलाई १० वर्ष जेल सजाय सुनाएको छ ।

न्यायाधीश धनसिंह महराले आज फैसला सुनाउदै सामुहिक बलात्कारको घटनाका अभियुक्तहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई जनही दश वर्ष कैद सजाय तोकेको हो । त्यसैगरी ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालबाट फैसला भएको हो ।

सामुहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको हो । २०७४ मंसिर ३ गते गोदावरी नगरपालिका–१ गोदामचौरमा घटना भएको हो । सामुहिक बलात्कारपछि ज्यान मार्ने उद्धेश्यले टाउकामा ढुगांले किचेर मरेको भनेर उनीहरुले फालेका थिए । घटनाको भोलिपल्ट बेहोस अवस्थामा तोरीबारीमा युवती भेटिएकी थिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.