फागुन १७, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
आाज दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीकाे शाेक प्रस्ताव पारित हुने जनाइएकाे छ । यसका साथै ताप्लेजुङमा भएकाे हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाएका सबैप्रति शाेक प्रस्ताव पारित गरिनेछ । बुधबार ताप्लेजुङको पाथिभरा दर्शन गरी फर्कने क्रममा सिस्नेभीरमा हेलिकोप्टर दुर्घटनामा परेकाे थियेा । साे दुर्घटनामा रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै निर्देशक धुव्रदास भोछिभैया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल,
मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे तथा क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो । उनीहरु सबैप्रति आज टुँडिखेलमा सामूहिक श्रद्धाञ्जली अर्पण गरी अन्तिम दाह संस्कार प्रक्रिया सुरु भइसकेकाे छ ।

