फागुन १७, एजेन्सी । स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा रियल बेटिसलाई पराजित भ्यालेन्सिया फाइनलमा पुगेको छ । घरेलु मैदानमा भ्यालेन्सियाले बेटिसमाथि १-० को जित हात पार्दै समग्रमा ३-२ को जित दर्ता गरेको हो ।
भ्यालेन्सियाको जितमा फरवार्ड रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा विजयी गाृल गरेका हुन । भ्यालेन्सियाले अब उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले रियल म्याड्रिडलाई समग्रमा ४-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
बार्सिलोनाले पछिल्लो चार सिजन लगातर यस उपाधिमा कब्जा जमाउँदै आएको छ भने रोनाल्ड कोम्यान प्रशिक्षक र डेविड सिल्भा, जुआन माटा, डेविड भिल्ला लगायत खेलाडी खेलाडी टोलीमा रहँदा भ्यालेन्सियाले सन २००८ उपाधि जितेको थियो । प्रतियोगिताको फाइनल २५ मे मा हुनेछ ।

