प्रारम्भ खबर ।
फागुन १६, काठमाडौं । बुधबार अपरान्ह पौने १ बजे एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भई ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ।
आज (विहिबार) विहानै मृतकहरुको शव काठमाडौं ल्याउने भने पनि खराबी मौसमका कारण दिउँसो १२ बजे मात्र आईपुग्यो । ना ०३८ नम्बरको नेपाली सेनाको हेलिकप्टरबाट ल्याईएको मृतकको शवलाई अन्र्तराष्ट्रिय विमनस्थलबाट ७ वटा एम्बुलेन्समा सिधै त्रिवि शिक्षण अस्पताल पोस्टमार्टमका लागि पु¥याईयो ।
अन्र्तराष्ट्रिय विमन स्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, गृहसचिवलगायत विमानस्थल पुगेका थिए । सुरक्षाकर्मी, नेपाली सेना र सञ्चारकर्मीहरुको बाग्लो सहभागी थिए । त्यस्तै टुडिखेल विभिन्न राजनीतिक दलका वरिष्ठ नेता, सांसद तथा सुभचिन्तकहरुको भीड थियो । दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम आज ढिलाइ हुने भएपछि शुक्रबार बिहान ८ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो । स्वर्गीय अधिकारीप्रति राजकीय सम्मान प्रदान गरिने पनि मन्त्री परिषदको बैठकबाट पारित गरिएको छ ।
आजको तस्बीरहरु हेर्नुहोस










