करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

फागुन १६, सप्तरी । सप्तरीमा जिल्लाको खडक नगरपालिका–९ मा करेन्ट लागेर करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा कृष्ण गम्भीर घाइते भएका छन ।

बिहीबार करेन्ट लागेर घाइते भएका वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको हो । घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घर बनाउनका लागि छड ठड्याउने क्रममा उक्त छडले बिजुलीको तारमा छोएको र सो अवस्थामा बुबा छोरालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.