विदेशबाट आएका यात्रुसँग सुन सङ्कलन गर्दै गर्दा एक पक्राउ

फागुन १६, काठमाडौँ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार्किङ क्षेत्रबाट अवैध सुनसहित प्यूठानका दीपकबहादुर खत्रीलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले विदेशबाट आएका यात्रुसँग सुन सङ्कलन गर्दै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ खत्रीसँग सुनका तीन वटा बालासमेत बरामद गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.