फागुन १५, वाशिङटन । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले फाइभ जी क्रान्तिले अमेरिका र यसका पक्षधर राष्ट्रको राष्ट्रिय सुरक्षामा अझै बढी चुनौती हुन सक्ने बताएका छन् । उनले बुधबार ट्विट गर्दै सुरक्षा सञ्चारको सञ्जाल अझ बढी चुनौतीपूर्ण भएको उल्लेख गरेका छन् ।
फाइभ जीका साधनहरुलाई अधिनायकवादी शासनको सीमित पहुँच र नियन्त्रणको सुनिश्चितता हुनुपर्ने कुरामा समेत अमेरिकी विदेशमन्त्रीले जोड दिएका छन् ।

