अब प्रेदश सरकारबाटै सेनाको पेन्सनपट्टा

फागुन १५, काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाबारिहबाट समेत पेन्सनपट्टालगायत आवश्यक कागजपत्र बनाउने व्यवस्था गर्ने तयारी गरेको छ। आवकाश वा राजीनामा गरेपछि सैनिक अधिकारीहरु आवश्यक कागजपत्र बनाउन काठमाडौं आउनुपर्ने बाध्यकारी व्यवस्थालाई जंगी अड्डाले हटाउन लागेको हो।

अधिकृतभन्दा तल्लो तहका सबै सैनिक अधिकारीले अवकाशपछि आफ्नै प्रदेशबाट आवशयक कागजात बनाउने पाउने भएको छ। जसले गर्दा अवकाशपछिका कागजात बनाउन काठमाडौं आउनुपर्ने झन्झटबाट सैनिक अधिकारी मुक्त हुनेछन्।

अवकाशप्राप्त सैनिक अधिकारीलाई सहज होस भनेर सेनाले पहिलो पटक नेपालगञ्जबाट अभिलेखालय स्थापना गरी सेवा थाल्ने तयारी गरेको छ। यसपछि अन्य प्रदेशमा समेत अभिलेखालय बिस्तार गर्दै लैजानजे तयारी गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.