नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्रीको अभिव्यक्ति चिनियाँ राजदूतद्वारा विरोध

फागुन १५, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ्सबारे अमेरिकी उपसहायक रक्षामन्त्रीको टिप्पणीभित्र गुह्य स्वार्थ रहेको बताएकी छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यान्छीले नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार दिएको अभिव्यक्तिको विरोध गरेकी हुन्।

मंगलबार अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले रक्षमन्त्री ईश्वर पोखरेलसँगको भेटमा चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएका थिए। सञ्चारकर्मीसँगको कुराकानीमा उनले चीनले अघि वढाएको अभियान नेपालको अभिरुचिभन्दा पनि चीनको स्वार्थमा रहेको टिप्पणी गरेका थिए।

चिनियाँ राजदूत यान्छीले चीनले आफ्नो स्वार्थ हेरेर भन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको बताइन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.