छिमेकमा युद्धको आशंकाः भारतीयले खुसियाली मनाउँदै

फागुन १५, काठमाडाैँ । कास्मिरको पुलवामामा ४४ सुरक्षाकर्मी मारिएको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानमा बम बर्सा गरेको छ। बम आक्रमणमा परि कम्तिमा तीन सय ५० जना आतंकवादी मारिएको भारतीय दावी छ।

बम आक्रमणबाट आतंकवादी अखडामा क्षति पुर्याएको भन्दै भारतभरी उत्सव मनाइएको छ। सर्वसाधारणले ठाउँठाउँमा पटका पड्काएर भारतीय राष्ट्रियगान गाउँदै खुसियाली मनाएका छन्।

तर, भारतीय दावीको पाकिस्ताले खण्डन गरेको छ। बम जंगलमा खसाएकाले कुनै पनि मानविय क्षति नभएको पाकिस्तानले दावी गरेको छ। पाकिस्तानले भनेको छ, ‘बम जंगलमा खसाइयो, बिचरा रुख आतंकवादी होइनन्।’ पाकिस्तानले भारतीय आक्रमणको उचित समयमा आफ्नै ढंगले जवाफ दिने बताएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.