ठूलो परिमाणमा गाँजा बरामद

फागुन १४, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरी आज सार्वजनिक गरेको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टोलीले राक्सिराङ गाउँपालिका–६ स्थित जीतबहादुर स्याङ्तानको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८४ किलो ४०० ग्राम लागुऔषध गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जनाएको छ ।

स्याङ्तान हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.