गृहमन्त्रीको एक वर्षः ट्रिपर निषेधदेखि जग्गा खरिदसम्म

फागुन १४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्नुभएको छ । गृहमन्त्री बादलले मन्त्रालयको कमाण्ड सम्हालेको एक वर्षकाे अवधिमा संरचनागत सुधार र शान्ति, सुरक्षा तथा सुशासनको आधार वर्षको रुपमा केन्द्रित रहेको बताउनुभएको छ ।

उहाँले आफ्नो एकवर्षको कार्यकाल सिकाईको कार्यकाल, संगसंगै सफल भएको उल्लेख गर्नुभएको छ । गृहमन्त्री थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा मन्त्रालयमा रहेर गरेका कामको समीक्षा सार्वजनिक गर्नुभएको हो । सोमबार संचारमाध्यममा पठाइएको गृहमन्त्रीको एक वर्षका कामको समीक्षामा पहिलो वर्ष भएकोले धेरै सिकाई र थोरै मात्र भए पनि राम्रो काम गराई भएको उल्लेख गर्नुभएको छ । गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रूपमा लिएको लेख्दै एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धिहरु बुँदागत रुपमा समावेश गरिएको छ । चर्चित ३३ किलो सुनकाण्डको विषयलाई समेटिएको छ भने निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनालाई कार्य प्रगतीमा समेटिएको छैन ।

कार्य प्रगती विवरणमा ‘अवैध सुन तस्करी र संगठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता प्राप्त भएको छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरुको चल÷अचल सम्पत्ति रोक्का गरिएको उल्लेख छ ।’

यस्तै शान्ति सुरक्षा र अपराध नियन्त्रण, संगठित अपराध र तस्करी नियन्त्रण, सार्वजनिक सुव्यवस्था, ट्राफिक व्यवस्थापन र पूर्वाधार विकास सहजीकरण, विपद्पछिको खोज तथा उद्धार, कारागार सुधार, अध्यागमन तथा सीमा व्यवस्थामा सुधार, राष्ट्रिय परिचयपत्र व्यवस्थापन, लागुऔषध नियन्त्रण, शान्ति प्रवद्र्धन तथा राहत वितरण, ऐन कानुन तर्जुमा, संगठन संरचना, जनशक्ति व्यवस्थापन र शासकीय सुधार, अन्तराष्ट्रिय समन्वय तथा स्थानीय प्रशासन सम्बन्धी सुधार, र भावी कार्यदिशा समेटिएको छ ।

उहाँले पहिलो वर्षमा नेपालको संविधान, कानुन र नेपाल सरकारको मार्गचित्रलाई व्यवस्थित तवरले कार्यान्वयनमा ल्याउन गृह प्रशासन सुधार कार्ययोजनाको कार्यान्वयन गर्न मन्त्रालय सफल भऐाक उल्लेख गरिएको छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण र सुशासनका क्षेत्रमा मुलुकले धेरै गर्न बाँकी रहेको दाबी गर्दै गृहमन्त्रीले १६ पृष्ठको एकवर्षे समीक्षा सार्वजनिक गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.