नयाँ शक्तिका नेता तथा सांसद कांग्रेसमा प्रवेश गर्ने हल्ला मात्रै ! कांग्रेसमाथि उल्टै आरोप

फागुन १४, रसुवा । नयाँ शक्तिका नेता तथा एकजना प्रदेश सभा सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा दुई साता अघिदेखि चल्यो ।

कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताको उपस्थितिमा नयाँ शक्तिबाट निर्वा्चित प्रदेश सांसद प्रवेश गर्ने भनिएपछि नेताहरु त्यही तयारी अनुसार सोमबार रसुवा पुगे । तर प्रदेश सांसद प्रेम तामाङसहितका करिब ५ हजार नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने कुरा तब गलत सावित भयो जब उनीहरु कार्यक्रममै आएनन । कांग्रेस जिल्ला कमिटीले सूचना नै निकालेर रसुवाको नयाँ शक्तिको सिंगो संगठनलाई पार्टीमा बिलय गराउने चर्चाले त्यहाँ राजनीतिक सरगर्मी बढेको थियो ।

नयाँ शक्ति पार्टी छाडेपछि सांसद पद नै धरापमा पर्ने बुझेका सांसदातामाङ जिल्लाकै कालिकास्थनमा भएको कार्यक्रममै आएनन । कांग्रेसले साताअघि नै सांसद तामाङ र पार्वतीकुण्ड गाउँपालिकाका प्रमुख बुचुङ तामाङसहितका नेता कार्यकर्तासहित नयाँ शक्तिको सिंगो जिल्ला कमिटी पार्टीमा बिलय हुने भन्दै प्रचार प्रसार गरिसकेको थियो ।

नयाँ शक्तिको आपत्ति

नयाँ शक्तिका सांसद प्रवेश गर्ने भएपछि त्यही अनुसार कार्यक्रमस्थलमा ब्यानर टाँगेको कांग्रेसमाथि उल्टै आरोप लागेको छ । कांग्रेसले आफ्नो पार्टीको झण्डा दुरूपयोग गरेको भन्दै नयाँ शक्ति पार्टी रसुवाले सोमबार विज्ञप्ति नै निकालेर विरोध जनाएको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.