फागुन १४, काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश भण्डारीले ज्यान मुद्दा मिलाइ दिने भन्दै घुस लिएको आरोप लागेको छ । गत पुस १ मा अजिता मल्ल शाहीको टोखामा हत्या भएको थियो ।
इन्सपेक्टर भण्डारीलाई सोही घटनाको ज्यान मुद्दा मिलाइदिने भन्दै मध्यस्तकर्ता कमला भण्डारीमार्फत १० लाख रुपैयाँको चेक र १३ लाख नगद पटक–पटक गरी लिएको आरोप लागेको हो । पीडकको मुद्दा कमजोर बनाएर अदालतबाट छुटकारा दिने भन्दै २३ लाख असुलेको सेवाग्राहीको आरोप छ ।
हत्या अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा रहेका अभियुक्तहरूले घूस लिएको बयान दिएपछि भण्डारी महाराजगञ्जबाट महानगरीय प्रहरी परिस रानीपोखरीमा तानिएका छन्।

