१० कक्षामा पढ्ने युवाले बनाए माउबिना नै चल्ला निकाल्ने प्रविधि

फागुन १४, भैरहवा । कुखुराले मात्र अण्डा कोरल्छ भन्ने मान्यातालाई तोड्दै रुपन्देहीमा एक युवाले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन ।

गुप्ता आफैँले निर्माण गर्नुभएको उपकरणको प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न सफल हुनुभएको हो । यसका लागि उहाँले स्याउको कार्टुनको प्रयोग गर्नुभएको छ । उक्त कार्टुनको चारैतिर थर्माकोल लगाएर दुई भागमा विभाजन गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.