कांग्रेस केन्द्रिय कार्यालय सानेपामा नाराजुलुस

फागुन १२, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा भातृसंगठन नेपाल विद्यार्थी संघले नारा जुलुस जारी राखेका छन् ।

विद्यार्थीहरुले ३२ वर्ष उमेर हदको पक्ष र विपक्षमाको माग गर्दै नेता विरुद्ध नारावाजी गरेका हुन् । सो क्रममा निवर्तमान महामन्त्री कुन्दन काफ्ले निकट र संस्थापन पक्षका विद्यार्थीहरुबीच झडप भएको छ । काफ्ले समुहले ३२ बर्ष उमेर हदको माग गर्दै नाराबाजी गरेपछि संस्थापन पक्षले त्यसको विरोध गर्दा झडप भएको थियो । झडपका क्रममा केही विद्यार्थी घाइतृ भएका छन् । भने प्रहरीले दुबै पक्षलाई तीतरवितर पारेको छ । नेपाल विद्यार्थी संघको तदर्थ कमिटि गठन, महासमिति बैठकद्वारा पारित विधान अनुमोदनका लागि केन्द्रिय कार्यसमितिको बैठकका लागि सहभागि हुन केन्द्रिय नेताहरु पार्टी कार्यालय जाने क्रममा विद्यार्थीहरुले अबरोध गर्दै नेता र नेतृत्व विरुद्ध नाराबाजी गरेका हुन् ।

ऐन महर नेतृत्वको नेविसंघलाई पार्टीले बिघटन गरेपछि थप विवादीत बन्दै गरेको काँग्रेस राजनीति समाधान हुनको सट्टा झन नयाँ समस्यामा अल्झीएको छ। पार्टी नेताहरुले विवाद लाई उचित ढंगले समाधान गर्न लाग्नुको सट्टा आगामि महाधिबेशन केन्द्रित राजनीति चर्काउनुले तत्काल नेविसंघको समस्याले निकास पाउनेमा संका गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.