कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै

फागुन १२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै छ । आइतबार बस्ने बैठकले पार्टीको विधान अनुमोदन गर्नुको साथै भातृ संगठन नेपाल विद्यार्थी संगठनको तदर्थ समिति गठन गर्ने सम्बन्धमा निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकले पार्टीको बिधानलाई सर्बसम्मत रुपमा अनुमोदन गर्ने प्रयास गरिने नेता नारायण खड्काले जनाएका छन् । विगतमा कांग्रेस कार्य समिति सदस्यहरु बिभाजित भएकाले महासमिति बैठकले पारित गरेको बिधान संशोधन गर्न कांग्रेस नेतृत्व माथि दवाब पर्दै आएको थियो ।

बिहीबार सहमती जुटाउने प्रयासमा सभापति शेर बहादुर देउवाले पार्टीका केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीसंग छलफल गरेका थिए । आजको बैठक केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी महासमितिबाट पारित विधानलाई अन्तिम रुप दिन केन्द्रित रहने नेताहरुको दाबी छ । सभापति देउवा, महासमिति बैठकमा जनाएको प्रतिबद्धताबाट पछि हटेको भन्दै कार्यसमिति बैठक पछिल्लो समय विवादित बन्दै गएको पौडेल पक्षधर नेताहरुले आरोप लगाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.