फागुन १२, हनोई । भियतनाममा उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो चरणको शिखर सम्मेलन भइरहेको नक्कल गर्ने दुई जनालाई स्थानीय प्रहरीले गिरफ्तार गरेर पछि छोडेको छ । उनीहरुलाई फेरि त्यसो गरे देशबाट निकाल्ने समेत चेतावनी दिइएको छ ।
किमको जस्तै नक्कल गर्ने हार्ड एक्स हुन् भने ट्रम्पको जस्तो अभिनय गर्ने रसेल ह्वाइट हुन् । किम र ट्रम्पबीच आउँदो बुधबार र विहीबार शिखर सम्मेलन हुँदैछ । (अलजजीरा)

