राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

फागुन १२, सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो ।

नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताउनुभयो । ‘थोक कर्जा वितरक र सहकारी संस्थाहरुबीच समन्वय’ विषयक वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । साथै उहाँले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष बन्द हुन लागेको जानकारी दिनुभयो । “आगामी असारदेखि ग्रामीण स्वावलम्बन कोष बन्द गर्दैछौँ”, निमित्त निर्देशक पोखरेलले भन्नुभयो, “लघुवित्त संस्था र बैंकहरुले उक्त प्रकृतिको काम गरिरहेकाले कोष बन्द गर्ने निर्णयमा पुगेका हौँ ।”

कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन ९पहल० कार्यक्रमका वित्तीय सेवा अधिकृत विश्व श्रेष्ठले दैलेख, जाजरकोट, पश्चिम रुकुम, रोल्पा, प्यूठान, सल्यान र सुर्खेतका २० हजार बढी किसानलाई वित्तीय साक्षरता प्रदान गरेपछि शेयर सदस्यको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको दाबी गर्नुभयो । उहाँले सहकारीका सदस्यको बढ्दो ऋण मागलाई सम्बोधन गर्न थोक कर्जा प्रवाह गर्ने सहकारीसँग पनि समन्वय बढाउन सुझाव दिनुभयो । त्यस्तै, सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनमा लगानी बढाउन आग्रह गर्नुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.