स्वप्न वाटिका दोस्रो अन्तर विद्यालय बास्केटबल प्रतियोगीता सम्पन्न

प्रारम्भ खबर ।
फागुन १०, काठमाडौं । स्वप्न वाटिका दोस्रो अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगीतामा इनोभेटिभ स्कूल र नेरिक एकेडमी विजयी भएको छ ।

त्यस्तै इनोभेटिभले सिनियर गल्र्स र नेरिकले जुनियर ब्वाइजको उपाधि जिते ।  बुद्धनगर स्थित आयोजक स्वप्न वाटिका स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा इनोभेटिभले रिलायन्स स्कुललाई ३५–१२ ले पराजित ग¥यो । इनोभेटिभकी शोभ्या महर्जनले ८ अंक जोडिन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिक एकेडेमीले स्वप्न वाटिका स्कुललाई २२–१३ ले पराजित ग¥यो । नेरिक एकेडेमीका भुवन थापाले ११ स्कोर गरे ।

गल्र्समा इनोभेटिभकी जेनेभा मजर्जन र ब्वाइजमा नेरिकका रबिन्द्र बोहरा ‘मोस्ट भृलुएबल प्लेयर’ घोषित भए । गल्र्समा सिर्जनशिल तथा जुनियर ब्वाइजमा साउथ पोइन्ट ले अनुशासित टिमको उपाधि हात पारे । यस प्रतियोगीतामा जम्मा सिनियर गल्र्समा १२ टिम र जुनियर ब्वाइज तर्फ ८ वटा टिम सहभागी थिए । उक्त प्रतियोगिता फागुन ४ गतेबाट १० गते सम्म चलेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.