‘अबको कार्यदिशा आत्मनिर्भर महिला’

फागुन १०, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अबको महिला आन्दोलनको कार्यदिशा आत्मनिर्भर महिला तथा उनीहरुको आर्थिक सशक्तीकरण हुनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ केन्द्रीय महिला हिंसाविरुद्धको अभियान र केन्द्रीय युवा समितिले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको लैङ्गिक हिंसा अन्त्यको लागि विद्यमान कानूनी व्यवस्था’ विषयक अन्तक्र्रियामा उहाँले महिलालाई सीप सिकाउँदै, उत्पादन, उद्यमशील बनाई सम्पत्तिको मालिक कसरी बनाउने भन्नेतर्फ आन्दोलन केन्द्रित हुनुपर्ने बताउनुभयो । मुलुकलाई समृद्ध बनाउन आर्थिक सशक्तीकरणका विभिन्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले सो अभियान सामूहिकतामा सहकारीमार्फत गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रत्येक घरबाट सहकारीको सदस्य बनाउने र सामूहिकतामा स्थानीय सेवा तथा उत्पादनको पहिचान गर्नुपर्ने बताउनुभयो ।

विगतमा महिलालाई वर्गीय र सामाजिक रुपमा उत्पीडन हुने गरेको भए पनि उनीहरुको आन्दोलन तथा महिला वर्गको सङ्घर्ष र एकताले त्यसको न्यूनीकरण भएको तथा आन्दोलनले ठूलो फड्को मारेको जानकारी गराउनुभयो । हिजोको पुस्ताले गरेको त्याग, क्रान्तिको स्मरण गर्दै उहाँले परिवर्तित अवस्थामा अब महिलालाई संविधानमा लेखेका कुरा व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.