वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा दुई कामदारको मृत्यु

फागुन १०, काठमाडौं । गए राति वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र सोही जिल्लाका २० वर्षीय भूमिकुमार चौधरी रहेका छन् । अर्का एक कामदार गम्भीर घाइते भएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । महाशाखाका अनुसार अस्पतालको नयाँ बनाइरहेको भवनमा सामान पुर्याउने क्रममा अचानक लिफ्ट चुडिँदा दुर्घटना हुन पुगेको हो । करिब साढे सात बजेको समयमा उक्त दुर्घटना भएको र टाउको र जीउमा गम्भीर चोट लागेका नवीनको ८ बजेर ५ मिनेट जाँदा र भूमिको १०ः४० मा मृत्यु भएको महाशाखाले जानकारी दिएको छ ।

घाइतेको अवस्था पनि गम्भीर रहेको र उनी बोल्न नसक्ने हालतमा रहेको महाशाखाको भनाइ छ । घाइते हुनेमा २० वर्षीय शशिकानन्द चौधरी रहेको ट्रमा सेन्टरका प्रमुख विनोद शेरचनले जानकारी दिए । वीर अस्पतालको खरिद शाखाले भने सर्जिकल ब्लक बनाउँदा उक्त दुर्घटना भएको र जिम्मेवार ठेकेदार कम्पनी हुने बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.