‘मार्समेलो’काे टिकट बेचेर साढे २ करोड ठगी गर्ने क्लब डेजाभुका ३ सञ्चालक पक्राउ

फागुन १०, काठमाडौ । अमेरिकन डिजे ‘मार्समेलो’ काे नाममा टिकट बेचेर ठगी गर्ने दरबारमार्गस्थित क्लब डेजाभुका ३ जना सञ्चालकलाई प्रहरीले पक्राउ परेकाे छ ।

क्लबका सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार साँझ पक्राउ गरेकाे जनाइएकाे हाे । उनीहरू विरुद्ध टिकट बेचेर साढे २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेकाे छ । साेही उजुरीका अाधारमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएकाे महानगरीय प्रहरी परिसरले जनाएकाे छ । विस २०७४ मंसिरमा अमेरिकन डिजे ‘मार्समेलो’ नेपाल आउने भनेर क्लबले उनकाे कार्यक्रमका लागस टिकट बिक्री गरेकाे थियाे । तर पछि मार्समेलो नआएपछि टिकट कनेर उनकाे पर्खाइमा रहेकाे आक्रोशित भीडले क्लबमा तोडफोड गरेका थिए ।

प्रहरीले क्लब डेजाभु तोडफोड प्रकरणमा क्लब सञ्चालक र आयोजकको कमजोरी देखिएकाे भन्दै साे घटनालगत्तै ५ जना सञ्चालक र २ जना आयोजकलाई पक्राउ गरेको थियाे । त्यसकाे केही दिनपछि नै उनीहरु उनीहरु जनही ४५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.