ट्रम्पसँगको शिखरवार्तामा भाग लिन किम रेल चढेर भियतनाम जाने !

फागुन १०,एजेन्सी । उत्तर कोरियाका नेता जिम किम जङ उन अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पसँग हुन लागेको शिखरवार्तामा भाग लिन रेल चढेर जाने भएक छन ।

फेब्रुअरी २७ र २८ मा हुने दोस्रो शिखरवार्तामा किम रेल चढेर जाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । दोस्रो शिखरवार्ता भियतनाम हुने भएको छ । पहिलो शिखरवार्ता सिंगापुरमा भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किम रेल चढेर जाने हाे भने कम्तीमा दुई दिन लाग्नेछ ।
सो यात्रा कम्तीमा तीन हजार किलोमिटर लामो रहेकाे छ । तर किमको यात्रासम्बन्धी योजनाहरू प्रायः अतिगोप्य भएकाे सञ्चारमाध्यमले जनाएकाे छ । जापानी र दक्षिण कोरियाली सञ्चारमाध्यमकाे अनुसार किम आफ्नो निजी रेल चढेर प्योङ्याङबाट सीमावर्ती डान्डोङ हुँदै चीन प्रवेश गर्ने र त्यहाँबाट रेलमार्ग हुँदै भियतनाम जाने सम्भावना रहेको पहिला जनाएका छन्।

एनके न्यूजले भने किम सीधै रेलबाट हनोई जाने जनाएकाे छ । उनको रेलयात्राको दूरी ४,१५३ किलोमिटर हुने अनुमान गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.