फागुन १०, काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित निकालेकाे छ ।
यूएईले दिएकाे ४२ रनको सामन्य लक्ष्य नेपालले १०।२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले १८ रन, काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकोयूएईले १७।३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो । सेनेभिरत्नले २९ बल खेल्दै १ चौकाको मद्दतमा १३ रन बनाइन भने बाँकी खेलाडीले दोहोरो अंक जाेड्न सकेनन ।
युएईले १९ रनमै ६ विकेट गुमाएको थियो । यूएईलाई सस्तैमा समेट्नका लागि नेरी थापाले ४ विकेट लीन भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लीन ।
जारी प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । यूएईले भने चौथो खेलमा पहिलो हार बेहोरेको हो । विश्वकप छनोटको दोस्रो चरणमा पुग्न नेपालले अन्य खेलको नतिजा पनि कुर्नुपर्ने छ । प्रतियोगिताको शीर्ष टोली मात्र अर्को चरणमा पुग्नेछ ।

