३० वर्षपछि अस्ट्रियाली विदेशमन्त्री आज काठमाडौं अाउँदै

फागुन ९, काठमाडाैँ । अस्ट्रियाकी विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिने भ्रमणका लागि आज काठमाडौं आउदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । अस्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो ।

भ्रमणका क्रममा नेपाल र अस्ट्रियाबीच प्रतिनिधि मण्डल स्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री किनाइसलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.