चर्चिच गायक दिपक बज्रचार्यले भक्तपुर तताउदैं

आशिष तामाङ  ।                                                      फागुन ८, काठमाडौं ।  गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने एउटा वृहत एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । पछिल्लो समय लोकप्रिय भएको उनको गीत ‘मन मगन‘’ लाई शीर्षक राखेर आयोजक संस्था रश लाइट मिडियाले ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजक सस्थाले गएको माघ २६ मा कार्यक्रम आयोजना गर्ने अन्तीम चरणमा पुगेता पनि प्रतिकुल मौसमका कारण उक्त दिन कार्यक्रम गर्न नसकिएको भन्दै कार्यक्रम फागुन ११ गते शनिवार सारिएको आयोजक सस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिएकी थिईन । संस्थाले कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
े‘कला, संस्कृति र पर्यटन प्रवर्धनमा सङ्गीत’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त साङ्गीतिक कार्यक्रममा गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।

अध्यक्ष रमिता भण्डारीका अनुसार मन मगन टुर भक्तपुरसँगै देशका प्रमुख शहरहरुमा समेत आयोजना गरिने छ । स्वदेशका प्रमुख शहरमा आयोजना हुने ‘मन मगन’ यात्रापछि यही कार्यक्रमलाई अमेरिका तथा क्यानडाका प्रमुख शहरहरुमा समेत सञ्चालन गरिने जानकारी दिईन । अमेरिका र क्यानडाको साङ्गीतिक कार्यक्रममा पनि दीपक बज्राचार्य तथा रिदम ब्याण्डले संयुक्त रुपमा आफ्नो प्रस्तुती दिने छन् ।

गायक तथा संगीतकार बज्राचार्य करिव साढे दुई दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रुपमा लाग्दै आएका छन् । । नेपाली कला र संस्कृतिलाई सङ्गीतको माध्यमबाट प्रवर्धन गरिरहेका गायक बज्राचार्यले आफ्नो सांगीतिक करियरको क्रममा दर्जनौं लोकप्रिय गीत–सङ्गीत नेपाली दर्शक तथा स्रोताका लागि पस्कीसकेका छन् । काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीयेसहित उनका दर्जनौं गीत लोकप्रिय छन् ।

पछिल्लो समय उनी आफ्ना नयाँ गीतका कारण पनि दर्शकमाझ अत्यन्त लोकप्रिय छन् । ‘मन मगन‘’ उनको पछिल्लो अत्यधिक सफल तथा लोकप्रिय गीत हो । मन मगन गीत तथा यसको म्युजिक भिडियो नेपालमात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ । त्यसैकारण गायक बज्राचार्यले उक्त गीतलाई विभिन्न भाषामा समेत गाएका छन् ।

फागुन ११ अर्थात आउदो शनिवारको कार्यक्रममा गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डको प्रस्तुतीसहित वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जन पनि प्रमुख आकर्षणको रुपमा रहने छन् । समारोहमा आयोजक संस्था रस मेडियाले महेश्वरलाई अन्तर्राष्ट्रिय उपलब्धिका लागि नगद राशीसहित सम्मान गर्ने समेत कार्यक्रम रहेको छ ।

सोहि कार्यक्रममा बाल गायिका समिक्षा अधिकारी पनि विशेष आकर्षकको रुपमा रहने छिन् । लोकप्रिय समिक्षा काठमाडौंमा पहिलो पटक लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेकी हुन् । यसका साथै कार्यक्रममा रमिता भण्डारी, दाउत राई, अजय तुलाधर, राग रागा तथा कपिल कसपालले पनि आफ्नो प्रस्तुती दिएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रमको उत्तराद्र्धमा डिजे तामाले आफ्नो उत्कृष्ट प्रस्तुतीमार्फत उपस्थित दर्शकहरुलाई नचाउने छन् ।

कार्यक्रममा बज्र डान्स मण्डलाले प्रस्तुत गर्ने कल्चरल डान्सले पनि दर्शकको मन जित्ने निश्चित भएको आयोजक संस्थाको दावी छ ।

दिउँसो १२ बजेदेखि प्रारम्भ हुने उक्त कार्यक्रममा फेसन शो अर्को आकर्षण रहने छ । फेसन शोमा सिनियर कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्रँफीमा व्यवसायिक मोडलहरुले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गर्नेछन् । फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरिने छ ।

कार्यक्रमका लागि डिजि पे आधिकारिक डिजिटल पार्टनरको रुपमा रहेको छ भने नेट म्याक्स आधिकारिक इन्टरनेट पार्टनर हो साथै स्थानिय इभेन्टको लागी पार्टनरका रुपमा टौमति र राग रागिनी रहेका छन् । । यो कार्यक्रमलाई थ्रि गो सस्टिनाबिलिटी इनोभेसन नेपाल, आर एण्ड आर गु्रव् िभर्जिनिया, अमेरिका तथा एसएस इन्टरटेन्मेन्ट, ओन्टारियो, क्यानडाको सहकार्य रहेको छ ।। कार्यक्रम मध्यान्न १२ः३० बजेदेखि प्रारम्भ भएर राती ८ बजेसम्म चल्ने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.