फागुन ८, काठमाडौं । प्रत्येक वर्ष बौद्धमा मनाउने मम (अजिमा माता) को जात्रा मंगलबार विधिवत रुपमा सम्पन्न भएको छ ।
इतिहासदेखि मनाउँदै आएको उक्त पर्व बौद्ध मेलम्ची घ्याङ गुठीको आयोजनामा स्थानीयहरुले अजिमा माताको मूर्तिलाई रथ बनाई बौद्ध, पिपल बोट, टुसाल परिक्रमा गरी पुनः बौद्ध परिसरमा ल्याएर राखिएको छ ।

गुठीका पुजारी भुपतिबज्र लामा (चिनिया) ले बौद्ध स्तुपभित्र रहेको हजुरआमाले चिनिने ममथानमा विधिवत पूजापाठ गरी रथ यात्राको शुभरम्भा गरिएको थियो । रथ यात्राको क्रममा त्यहाँका लामाहरुद्वारा बजागाजासहित स्वागत गरि स्थानीयहरुबीच यात्रालाई परिक्रमा गर्न वातावरण मिलाएको थियो ।

