भिम लामा ।
फागुन ८, काठमाडौं । प्रत्येक वर्ष मनाउँदै आएको कागेश्वर महोत्सव यस वर्ष भने प्रभावकारी नभएको स्थानीयहरुको भनाई छ । गत वर्षहरुको तुलनामा यस वर्ष भने महोत्सव सभामा मात्र सिमित भएको स्थानीयदेखि सांसद र कलाकारको टिप्पनी छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा १ को आयोजनामा नगरको प्रत्यक्ष सहयोग रहेता पनि नगर प्रमुख र उपप्रमुख भने उपस्थित भएन । जानकारहरु भन्छन् –‘महोत्सव नाटकीय रुपमा भयो अनि सकियो ।’ हुन पनि हो स्थानीयहरुको साझेदारी विना वडाले आयोजना गरेको उक्त महोत्सव फिक्का देखि देखावटीको रुपमा भएको व्याख्या गर्दैछन् ।
त्यस्तै अतिथिको रुपमा पुगेका काठमाडौं ३ का प्रतिनिधिसभा सांसद कृष्ण राई भन्छन्– महोत्सवमा स्थानीय उत्पादनका बस्तु, कला तथा सीप प्रदर्शन हुनुपथ्र्यो त्यो देखिनँ । सांसद राईले फेरि दोहो¥याउनुभयो महोत्सव घरेलुवस्तु तथा स्थानीय वस्तुहरुको अवलोकनका लागि हुनुपर्ने आयोजक पक्ष त्यसमा चुकेको छ । तीनै साँसदको भनाईलाई अर्थ दिने हो भने महोत्सव स्थानीय कला, सीप तथा वस्तुहरुको प्रर्दशनसंगै प्रर्वद्धन गरी विश्व बजारीकरण गर्नु हो । सांसद राईले महोत्सवमा देखिएको कमिकमजोरीलाई सुधार गर्दै लैजान आयोजकलाई सुझाव दिए ।
त्यस्तै स्थानीयवासी तथा राष्ट्रिय कलाकार श्रीकृष्ण सिम्खडा भन्नुहुन्छ – चौथो कागेश्वरि महोत्सब निकै फिक्का देखियो, मन्त्री शक्ति बस्नेत प्रमुख अतिथि थिए । महोत्सव माहोलको समन्वयकारी भूमिका ठिक देखिएन । कलाकार सिम्खडा लाई निकै विशेषण लगाइ लगाइ बोलाए पनि उनलाई मन परेन । उनी बिचार र ब्यबहारमा प्रष्ट छन। उनी मन्चमा नजानुले उनले कार्यक्रम बहिस्कार गरेको छनक दिन्थ्यो । सिम्खडा जनजिबिकाको मुद्दालाई पहिला उठाउछन। महोत्सवको तयारिको तालमेल नमिलेको भन्दै सिम्खडा कार्यक्रम स्थलबाट बाहिरिए। उनि भन्छन्– भाषणको मात्रै कार्यक्रम हो भने महोत्सवको नामाकरण नगर्दा उत्तम होला, अबदेखि त्यस प्रकारको महोत्सवको आयोजना गर्दा स्थानीयहरुको समन्वयनमा स्थानीय संस्कति, कलालाई पनि संरक्षण प्रवद्र्धन हुने गरी स्थानीय सीप, कला र उत्पादनका सामाग्री प्रर्दशन गराउन सुझाव दिए ।

