लिभरपुल र बायर्नको गोलरहित बारबरी

फागुन ८, एजेन्सी । च्याम्पियन्स लिग राउन्ड अफ १६ को पहिलो लेगमा मंगलबार भएको खेलमा लिभरपुल बायर्न म्युनिख गोलरहित बराबरीमा रहेका छन ।

घरेलु मैदानमा पाहुना टोली बायर्नले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुल गोलरहित बनेको हो । पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहहित बराबरीमा रहेका छन । बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बायर्नले पछिल्लो ९ अवे खेलमा हार स्वीकारेको छ ।दोस्रो लेगको खेल बायर्नको घरेलु मैदानमा १३ मार्चमा हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.