युरोप जाँदा सचेत रहनुस्, यसरी ठगी हुनसक्छ

फागुन ८, काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशीका अशोक तामाङले पोल्याण्ड जान तीन लाख रुपैयाँ तिरे तर न पोल्याण्ड जान पाए न पैसा नै फिर्ता भयो।पोल्याण्ड जान उनले ६ महिनाअघि एजेन्टलाई पैसा बुझाएका हुन्।

आकर्षक कमाइ हुने, युरोपको पीआर पाइने, थप समय काम गरे अतिरिक्त पारिश्रमिक पाइने प्रलोभन देखाएका थिए। धादिङ गंगाजमुना ५ बलेछीकी धनमाया घले, धादिङ साङ्कोसकी विमला गुरुङ, रामेछाप रसनालु गाउँपालिका ३ की आङदामी शेर्पालगायत पनि पोल्याण्ड जान खोज्दा एजेन्टहरूबाट ठगिए। केही दिनअघि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। पोल्याण्ड, पोर्चुगल, टर्कीलगायत युरोपेली मुलुकमा पठाउने भन्दै ठगी गर्ने क्रम बढेको छ।

वैदेशिक रोजगारीमा ठगिएका कामदारलाई निः शुल्क कानुनी सेवा दिँदै आएको पिपुल्स फोरमन्तर्गत सामी परियोजना संयोजक सुदीप देवकोटाले चार महिनामा ३५ ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएको जानकारी दिए। फोरमले दैनिक १५ २० पीडितलाई कानुनी सहायता गर्दै आएको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७५ ७६ को ६ महिनामा ४२ करोड ४४ लाख २६ हजार रुपैयाँ विगोदाबीसहित उजुरी परेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.