फागुन ८, काठमाडाैं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ बोलको गीत पछिल्लो समय नापेमा मात्रै नभएर अन्तर्राष्ट्रियमा पनि चर्चा हुन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि शर्माको गीतलाई प्राथमिकताका साथ समाचार छाप्न थालेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे धम्कीपछि भ्रष्टाचारविरुद्ध युट्युबबाट हटाए’ भनेर छापेका छन । अल जजिराले ‘नेपाली लोक गायककाे भ्रष्टाचारविरुद्ध गीत धम्कीपछि युट्युबबाट हटाए’ भनेर छापेको छ ।

