बार निर्वाचनका लागि उम्मेदवारी घोषणा

फागुन ७, काठमाडौं । नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा भएको छ ।

सो समूहको केन्द्रीय चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो समूहको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा अधिवक्ता रक्षा बस्याल (महिला), सात प्रदेशबाट एक÷एक उपाध्यक्षमा प्रदेश–१ बाट मानबहादुर रुम्दाली, प्रदेश २ बाट अधिवक्ता रामचन्द्र सिंह, प्रदेश ३ बाट ईश्वरीप्रसाद भट्टराई, प्रदेश ४ बाट सुरेन्द्र थापामगर, प्रदेश ५ बाट लीलाधर मसिनी, प्रदेश ६ बाट मीनबहादुर महत र प्रदेश ७ बाट उमेशप्रसाद विष्टले उम्मेदवारी घोषणा गरेको सो अवसरमा जानकारी दिइयो । महासचिवमा सुरेन्द्रबहादुर थापा, कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेल, आठ खुल्ला सदस्यमा गङ्गासागर खत्री, भिमसेन वनजारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे, खिमानन्द अधिकारी, डा शिवराज पण्डित, महिला सदस्य खुल्ला कल्पनाकुमारी भण्डारी, महिला सदस्य (उपत्यका) अञ्जु कायस्थ रहेका छन् ।

त्यसैगरी, सदस्यमा (दलित) मोहन साशंकर, आदिवासी जनजाति (उपत्यका) बद्रीनारायण नगरकोटी, आदिवासी जनजाति (उपत्यका बाहिर) विनाकुमारी चौधरी, मधेशी (उपत्यका) वीरेन्द्र ठाकुर र मधेशी (उपत्यका बाहिर) पञ्चनारायण मण्डलले उम्मेदवारी घोषणा गरेका छन् । बारको निर्वाचन तालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारी दर्ता गर्न अध्यक्षमा नौ जनाको उम्मेवारी दर्ता भएको छ । बारको १५ सदस्यीय कार्यसमितिका लागि ६४ ले उम्मेदवारी दिएका छन् । नेपाल बार एशोसिएशन निर्वाचन २०७५ का प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ । निर्वाचनको कार्यतालिका अनुसार यही फागुन ८ गते दावी विरोध, अन्तिम नामावली प्रकाशन फागुन ११ गते रहेको छ । देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । बारको केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.