यसै शैक्षिक वर्षभित्र स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा शिक्षामन्त्रीकाे जाेड

फागुन ७, प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ ।

आज मङ्गलबार नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले अायाेगना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै मन्त्री पाेखरेलले यसै शैक्षिक वर्षभित्र स्ववियु निर्वाचन गरिसक्नुपर्ने बताउनुभएकाे हाे । नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिपरेकाे जानकारी दिँदै उहाँले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्षलाई ‘सुधारको वर्ष’को रुपमा अघि बढाउनुपर्ने बताउनुभयाे ।

मन्त्री पाेखरेलले ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने बताउँदै केही नीति पारित भएको र केही निर्माणको क्रममा रहेको जानकारी दिनुभयाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.