फागुन ७, सोलुखुम्बु । सोलुखुम्बुमा मिक्चरले च्यापिएर केदारको मृत्यु भएको थियो । जिल्लाको सोलु दूधकुण्ड नगरपालिका ७ स्थित गार्मा माविको निर्माणाधीन भवनमा सिमेन्ट तथा बालुवा फिट्ने मिक्चरले च्यापिएर सोही नगरपलिका ४ का धनकुमार श्रेष्ठको ज्यान गएको हो ।
भवन निमार्णको ठेकेदारसमेत रहेको श्रेष्ठलाई सोमबार साँझ गाडीमा मिक्स्चर लोड गर्दै गर्दा त्यही लडेर त्यही मिक्स्चरले च्याप्दा छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
मिक्स्चरले च्यापीएर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा लैजाँदै गर्दा मृत्यु भएकोर उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

