फागुन ५, कञ्चनपुर । बेलौरी नगरपालिकाका सवइञ्जिनियर हृदयराज बजगाईं घुससहित पक्राउ परेका छन्। उनलाई घुस लिएको ६० हजार रुपैयाँसहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
कल्भर्ट निर्माण उपभोक्ता समितिबाट बिल पास गराइदिए बापत कमिशन रकम लिँदालिँदै सवइञ्जिनियर बजगाईं आइतबार दिउँसो कार्यकक्षबाटै पक्राउ परेका हुन्।

